असोज १ गते खुलामञ्चमा विप्लव समूहको महाधिवेशन

होमल्याण्ड खबर

२०७९ श्रावण ६ गते, शुक्रबार ११:४३ मा प्रकाशित

नेकपा नेत्रविक्रम चन्द‘विप्लव’ समूहको ९ औं महाधिवेशन असोज १ गते काठमाडौंको खुलामञ्चमा हुने भएको छ । एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं अवसरवादलाई परास्त गर्दै पार्टीलाई एकतावद्ध र सुदृढ गरौं भन्ने मुल नाराका साथ महाधिवेशन गर्न लागिएको हो ।

पार्टीबाट धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओली बाहिरिएपछि पहिलो पटक विप्लव समूहले महाधिवेशन गर्न लागेको हो । पार्टी राजनीतिक, वैचारिक र सांगठनिक रुपमा सुदृढ बनाउने उद्देश्य लिएको छ । महाधिवेशनबाटै पार्टी आगामी प्रदेश र संघको चुनावमा भाग लिने/नलिने निर्णय गर्ने भएको छ । अहिले पार्टीमा बहुमत सदस्यहरु चुनावमा भाग लिने छन् ।