२ चैत्र २०८२, सोमबार
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनाव स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सहयोग पुग्ने गरी कलम चलाउन पत्रकारलाई आग्रह गरेका छन्।नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनलाई हेटौंडामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार छिट्टै प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारीमा रहेको बताए ।
हरेक परिवर्तनमा प्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले कोरोनाकालमा नेपालको सञ्चार क्षेत्रले निभाएको भूमिकाको प्रशंसा गरे।निष्पक्ष र स्वतन्त्र पत्रकारितासँगै पत्रकारिता क्षेत्रले नयाँ नयाँ प्रविधिलाई पनि ग्रहण गर्दै अघि बढ्नुपर्ने उनले बताए ।

