आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति (पूर्णपाठ)

होमल्याण्ड खबर

२०७९ श्रावण ६ गते, शुक्रबार १७:०४ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले शुक्रबार अपराह्न मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका हुन् । शुक्रबार नै सञ्चालक समितिको बैठक बसेको थियो । सो बैठकबाट मौद्रिक नीति पास गरेर सार्वजनिक गरिएको हो ।