गृहमन्त्री खाणले भेटे प्रचण्डलाई, निर्वाचनको मितिबारे छलफल

होमल्याण्ड खबर

२०७९ श्रावण १३ गते, शुक्रबार १०:२९ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी भएको हो ।
सत्ता गठबन्धनमा रहेको माओवादीसङ्ग बिहीबार मात्रै पास भएको नागरिकता विधेयक, अब कसरी अगाडि बढ्ने, निर्वाचन मिति घोषणालगायत विषयमा कुराकानी भएको बताइएको छ । अध्यक्ष दाहालले विभिन्न सार्वजनिक कार्यक्रममा केही दिनमै निर्वाचनको मिति घोषणा हुने बताउँदै आएका छन् ।
गृहमन्त्री खाणले बिहीबार साँझ माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरासङ्ग पनि छलफल गरेका थिए ।