एमाले विभाग प्रमुखहरूको बैठक जारी

होमल्याण्ड खबर

२०७९ श्रावण १५ गते, आईतवार १४:५९ मा प्रकाशित

नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक जारी छ।च्यासलस्थित पार्टी मुख्यालयमा केही बेरअघि बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टीका विभिन्न ३३ वटा विभागीय प्रमुखसहितको सहभागी छन्।पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुति भइरहेको रिजालले बताए।