३ चैत्र २०८२, मंगलवार
नेकपा एमालेका जनवर्गीय संगठनहरुले महँगीका विरुद्ध काठमाडौँमा प्रर्दशन गरेका छन् । सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै जनवर्गीय संगठन उतारेर एमालेले सरकारविरुद्ध प्रदर्शन गरेको हो । गठबन्धन सरकारको एक वर्षमा पनि खाद्य वस्तुलगायतको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महङ्गीका कारण नागरिकको जीवन कष्टकर बनेको एमालेले जनाएको छ ।
वसन्तपुरबाट शुरू भएको प्रर्दशनमा एमालेको उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता रहेको छ ।


