अर्थमन्त्री माथि एमाले नेता महेश बस्नेतको व्यङ्ग्यात्मक टिप्पणी

होमल्याण्ड खबर

२०७९ श्रावण १७ गते, मंगलवार १३:४८ मा प्रकाशित

नेकपा एमालेका सांसद महेश बस्नेतले अर्थमन्त्रीमा जनार्दन शर्मालाई पुनः नियुक्ति गरिएकोमा व्यङ्ग्य गर्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै बस्नेतले प्रधानमन्त्रीलाई धन्यवाद भनेर सुरु गरेर जनार्दन शर्मामाथि कटाक्ष गरेका हुन् । उनले शर्मालाई अर्थमन्त्रीमा फर्काएकोमा सत्ता गठबन्धनका अन्य चार दलका नेतृत्वलाई पनि धन्यवाद भनेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रयोग भएको विषयमा छानबिनको नाममा शर्मालाई चोख्याउने काम भएको भन्दै बस्नेतले व्यङ्ग्यात्मक तरिकाले विरोध गरेका हुन् ।

बजेट प्रकरणमा संसदीय विशेष छानबिन समितिले १७ दिन लगाएर अनुसन्धान गरेको थियो । उक्त अनुुसन्धानका क्रममा जनार्दन शर्माले गलत गरेको प्रमाण नभेटिएको प्रतिवेदन तयार परेपछि पुनः शर्मालाई अर्थमन्त्री बनाइएको छ । यसको एमालेले विरोध गर्दै आएको छ ।