जबराविरुद्धको महाअभियोग सिफारिस समितिमा पठाइयो

होमल्याण्ड खबर

२०७९ श्रावण २२ गते, आईतवार १६:२९ मा प्रकाशित

प्रतिनिधिसभाको आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ ।

आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको छ ।

जबराविरुद्ध १ फागुमा महाअभियोग दर्ता भएको थियो ।