निर्वाचन तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ श्रावण २६ गते, बिहीबार ११:०३ मा प्रकाशित

निर्वाचन तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै छ । नेकपा एमालेले आगामी ४ मंसिरमा हुने निर्वाचन तयारीका लागि आज केन्द्रीय सचिवालय बैठक बोलाएको हाे ।

ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा साढे १२ बजे बस्ने बैठकमा निर्वाचनकाे तयारीका विषयमा केन्द्रीत रहेर छलफल हुने केन्द्रीय प्रचार विभागका सचिव गगन बिष्टले जानकारी दिए ।

बैठकबाट निर्वाचन तयारीसम्बन्धी प्रस्ताव र प्रारम्भिक रणनीति तय गरि स्थायी समिती र केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी छ ।