कोरोनाविरुद्वको लडाईमा विजयी भएको किम जोङको घोषणा

होमल्याण्ड खबर

२०७९ श्रावण २६ गते, बिहीबार १३:०३ मा प्रकाशित

उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना भाइरसविरुद्धको लडाइमा विजयी भएको घोषणा गरेका छन् । उनले मे महिनामा लगाइएको प्रतिबन्ध हटाउन आदेश दिएका छन् ।

उत्तर कोरियाका सरकारी मिडियाका अनुसार उत्तर कोरियामा कोरोना भाइरसका कारण ७४ जनाको मृत्यु भएको छ । किम जोङ उनले अन्य देशको तुलनामा यति थोरै संख्यामा मृत्युलाई अभूतपूर्व चमत्कारको रुपमा लिएका छन् ।

उत्तर कोरियाको अवस्थालाई नजिकबाट नियालिरहेका विज्ञहरूले देशको आधिकारिक तथ्यांकबाट सत्य बाहिर आउन नसक्ने बताएका छन्।

उत्तर कोरियाले कुनै खोप कार्यक्रम सुरु गरेको छैन, बरु कोरोनासँग लड्न लकडाउन र घरेलु उपचारको सहारा लिएको छ ।

बीबीसीका अनुसार किम जोङमा पनि कोरोना भाइरसको लक्षण देखिएको थिए । किम जोङउनकी बहिनी किम यो जोङले आफ्नो भाइमा कोरोना भाइरसको लक्षण देखिएको बताएकी छन् । उनलाई ज्वरोले ग्रस्त पारेको जानकारी दिईन् ।