चीनको ‘जासूस’ जहाजलाई श्रीलंका आउन स्वीकृति

होमल्याण्ड खबर

२०७९ श्रावण २९ गते, आईतवार १३:५२ मा प्रकाशित

श्रीलंकाले चिनियाँ जहाज ‘युवान वाङ ५’ लाई हम्बनटोटा बन्दरगाहमा आउन अनुमति दिएको छ ।

श्रीलंकाको विदेश मन्त्रालयले चिनियाँ जहाज युआन वाङ ५ लाई अगस्ट १६ देखि २२ सम्म हम्बनटोटा बन्दरगाहमा पोर्टिङका लागि स्वीकृत गरेको पुष्टि गरेको छ ।

अगस्ट ९ मा अन्तराष्ट्रि सञ्चारमाध्यमहरुले चिनियाँ अनुसन्धान जहाज हम्बनटोटाको लागि प्रस्थान गरेको र बाटोमा रहेको बताएका थिए ।

चीनले युआन वाङ ५ लाई अन्तर्राष्ट्रिय ढुवानी र अनुसन्धान—सर्वेक्षण जहाजको रूपमा वर्णन गर्दछ, तर यसलाई दोहोरो प्रयोगको जासूस जहाज पनि भनिन्छ ।

हिन्द महासागरमा चीनको बढ्दो गतिविधिप्रति भारतले चासो देखाएको छ । यससँगै श्रीलंकामा चीनको प्रभाव जसरी बढ्दै गएको छ, र भारतका लागि चिन्ताको विषय बनेको छ ।