३ चैत्र २०८२, मंगलवार
नेकपा (माओवादी केन्द्र) ले दल दर्ता गरेको छ। आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन माओवादीले सोमबार निर्वाचन आयोग पुगेर आयोगमा दल दर्ता गरेको हो । दल दर्ताका लागि स्थायी समिति सदस्य लीलामणि पोखरेलको नेतृत्वमा केन्द्रीय सदस्यहरु मुक्ति प्रधान, डोरप्रसाद उपाध्याय लगायतका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।
यस अगाडी माओवादीले बाबुराम भटटराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरुलाई पनि साथमै लिएर दल दर्ता गर्न जाने बताउँदै आएको थियो । आयोगले भोलिसम्मका लागि मात्र दल दर्ताको समय दिएको छ । तर बाबुरामसँगको चुनावी सहकार्य र बाबुरामले पन िमाओवादी केन्द्रकै चुनाव चिन्ह्रमा चुनाव लड्ने विषयमा भने भालि छुटटै निर्णय गर्ने र निर्वाचन आयोगलाई जानकारी गराउने तयारी माओवादीले गरेको छ । त्यसका लागि आज बोलाइएको स्थायी समिति बैठक भोलि विहान ८ बजेका लागि सारिएको छ ।


माओवादी केन्द्र र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच माओवादी केन्द्रको गोलाकारभित्रको हसियाँ अथौडामा एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने सहमति भइसकेको नेताहरु बताउँछन् ।
माओवादी केन्द्र र समाजवादी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्न फेरि निर्णय गर्नुपर्छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव समेत रहेका नेता उपाध्यायले त्यसको गृहकार्य भइरहेको बताए । निर्वाचनसम्बन्धी ऐनको एउटै चुनाव चिह्न प्रयोगसम्बन्धी व्यवस्था अनुसार दुई पार्टीले एउटै चुनाव चिह्न लिने निर्णय गरेर आयोगलाई जानकारी गराउने उनको भनाइ छ ।