मिस अर्जेन्टिना र मिस पाेर्टाे रिकाेले गरे विवाह

होमल्याण्ड खबर

२०७९ कार्तिक १७ गते, बिहीबार ११:२४ मा प्रकाशित

मिस अर्जेन्टिना मारियाना भारेला र मिस पोर्टो रिको फाबियोला भ्यालेन्टाइनले विवाह गरेका छन्। पछिल्लो दुई वर्षदेखि दुवैले एकअर्कालाई डेट गरिरहेका थिए । उनीहरूले इन्स्टाग्राममार्फत् यसको खुलासा गरेका हुन् ।

दुवैले सामाजिक सञ्जालमा आफ्नो सम्बन्धको खुलासा गर्दै निकै सुन्दर भिडियो सेयर गरेका छन् ।

मारियाना भेरेला र फाबियोला भ्यालेन्टाइन पहिलो पटक २०२० मा मिस ग्रान्ड इन्टरनेशनलको समयमा भेटेका थिए। त्यसयता दुवै एकअर्काको सम्पर्कमा र डेटिङमा थिए ।

अक्टोबर २८ मा उनीहरूले विवाह गरेका हुन् । विहेपछि सामाजिक सञ्जालमा बधाई दिनेहरूको घुइँचो लागेको छ ।