बाइडन र सीबीच इन्डोनेसियामा प्रत्यक्ष भेटवार्ता

होमल्याण्ड खबर

२०७९ कार्तिक २८ गते, सोमबार १६:२३ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति जो बाइडन र चीनका राष्ट्रपति सी चिनपिङबीच इन्डोनेसियाको बालीमा सोमवार प्रत्यक्ष भेटवार्ता भएको छ ।

जी२० शिखर सम्मेलनको साइडलाइन उनीहरूबीच भेटवार्ता भएको हो ।
बेइजिङ र वाशिङटनले मतभेद अन्त्य गर्नुपर्ने बाइडनले बताएको खबर सञ्चारमाध्यमहरूले दिएका छन् ।

आफू र सी मिलेर दुई देशबीचको सहकार्यको क्षेत्र पहिचान गर्नुपर्ने पनि उनले बताए । अमेरिका र चीनबीचको द्वन्द्व टारिने आशा उनले व्यक्त गरे । द्विपक्षीय सम्बन्धलाई राम्ररी सम्हाल्नुपर्ने कुरा पनि उनले झिके ।