१२ मंसिर २०८१, बुधबार
चन्द्रमामा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अहिलेसम्मकै शक्तिशाली रकेट अन्तरिक्ष प्रक्षेपण प्रणाली सफलतापूर्वक प्रक्षेपण गरेको छ । नासाका लागि यो ऐतिहासिक क्षण हो ।
यो प्रक्षेपण तेस्रो प्रयासमा सफल भएको हो । यसअघि अगस्ट र सेप्टेम्बरमा यसको प्रक्षेपण रोकिएको थियो। यो नासाको आर्टेमिस मिशनको एक हिस्सा हो। यससअन्तर्गत ५० वर्षपछि फेरि चन्द्रमामा मानिस पठाउने तयारी भइरहेको छ । यो मिसन सफल भए सन् २०२४ देखि मानिसले फेरि चन्द्रमामा पाइला राख्न सक्नेछन्।
यो रकेटमा कुनै पनि अन्तरिक्ष यात्री सवार हुने छैनन् । यदि यो मिसन सफल भयो भने भविष्यमा अन्तरिक्ष यात्रीहरू यो रकेटमार्फत मिसनमा जान सक्नेछन् ।