कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

होमल्याण्ड खबर

२०७९ माघ १२ गते, बिहीबार १३:५१ मा प्रकाशित

कांग्रेस नेतृत्वको सत्तागठ बन्धन भत्किएसँगै केन्द्रीय कार्यसमितिको बैठक माग गरिएको थियो। त्यससँगै आगामी राष्ट्रपति निर्वाचनको तयारीका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले माघ १५ गते अपराह्न १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएका थिए।

विशेष कारण देखाउँदै केन्द्रीय कार्यसमिति बैठक अनिश्तिकालका लागि स्थगित गरिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, ‘केन्द्रीय कार्यसमिितको बैठक २०७९ माघ १५ गते आइतबार अपराह्न १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ।’