४ चैत्र २०८२, बुधबार
नेकपा (माओवादी केन्द्र)को दोस्रो दिनको स्थायी समिति बैठक यतिवेला पेरिसडाँडामा जारी छ।
बैठकम पार्टी अध्यक्ष प्रचण्डले बिहीबार पेस गरेको ‘पछिल्लो समसामयिक विषयमा सङ्क्षिप्त लिखित प्रतिवेदन’ बारे छलफल भईरहेको छ।


बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले उक्त प्रतिवेदन पेस गरेका थिए।
बैठकमा अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, निर्वाचनपछिको समग्र पार्टीको अवस्था, सरकार निर्माणका क्रममा गठन भएको गठबन्धन, सरकारको गतिविधिबारे ब्रिफिङ पनि गरेका थिए।
शुक्रबारको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ।