४ चैत्र २०८२, बुधबार
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेन तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सोमबार भेटवार्ता भएको छ ।
राष्ट्रिय सभागृहको मेयरको कार्यालयमा भएको उक्त भेटवार्ताका क्रममा स्थानिय सरकारका मातहतमा रहेका सहकारी संस्थालगायत वित्तिय संस्थाहरुको नियमन, निरिक्षण र दुरगामी नीति र कार्य विधी तजुर्मा गर्ने विषयमा केन्द्रित रहेको थियो ।


भेटवार्ताका क्रममा मेयर साह तथा गभर्नर अधिकारीबीच आगामी दिनहरुमा आवश्यक समन्वयन, सहकार्य र छलफल गरेर अगाडि बढ्ने निर्णय भएको मेयरको सचिवालयले जनाएको छ ।