४ चैत्र २०८२, बुधबार
सत्तारूढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृह मन्त्री कसलाई बनाउने भन्ने कुराको टुङ्गो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भएको बताएका छन्।
सोमवार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपाध्यक्ष महराले गृह मन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने विषय भएकाले त्यसलाई पार्टीभित्र प्रवेश नै नगराइएको जिकिर समेत गरे । उनले भने भयो, ‘गृह मन्त्रीको विषयमा प्रवेश नै गरिएन । यो सरकारको विषय हो । गृह मन्त्री को हुन्छ, को हुन्न रु भन्ने कुरा प्रधानमन्त्रीले टुङ्गो लगाउने कुरा हो’


सर्वोच्च अदालतले आदेश दिएपछि गएको शुक्रवार उपप्रधानमन्त्री एवम् गृह मन्त्री रवि लामिछानेले आफ्नो पद गुमाएका थिए। त्यही पदमा कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले निर्णय गरेका छैनन् भने लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो जिम्मेवारीमा रहेको भन्दै त्यो मन्त्रालयमा दाबी नछाड्ने जनाएको छ ।