४ चैत्र २०८२, बुधबार
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहि बेरअघिबाट दोस्रो दिनको पदाधिकारी बैठक सुरु भएको हो ।
बैठकमा संगठन विस्तार, पार्टी एकता र नेताहरुको कार्यविभाजन, गृह मन्त्रालय, राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।


गत शुक्रबार सर्वोच्च अदालतको आदेशले अनागरिक ठहर भएसँगै रवि लामिछानेले उपप्रधान एवम् गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।
लामिछानेको नागरिकता तथा राहदनी विवादका कारण माओवादी केन्द्रले गृह मन्त्रालय आफैंसँग राख्न खोजेको छ । सोमबारको बैठकमा पनि यसबारेमा छलफल भएको थियो ।