रवि लामिछानेको पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

होमल्याण्ड खबर

२०७९ माघ १८ गते, बुधबार १५:१४ मा प्रकाशित

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेज गर्नु पर्ने माग राख्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

बुधबार सिन्धुलीका युवराज पौडेल सफलले निर्वाचन आयोगमा पुगेर रास्वपा पार्टी खारेज गर्न माग गर्दै निवेदन दिएका हुन्।