सरकारबारे निर्णय गर्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ माघ १९ गते, बिहीबार १४:२९ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार दिउँसो ३ बजेका लागि रास्वपाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

बैठकमा सरकारमा सहभागी भइरहने वा बाहिरिने भन्नेबारे निर्णय हुने रास्वपाका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।