चितवन-२ को उपनिर्वाचनमा रवि लामिछाने लड्ने

होमल्याण्ड खबर

२०७९ माघ २२ गते, आईतवार १७:१५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन-२ मा हुने उपनिर्वाचन लड्ने भएका छन् ।

आज (सोमबार) बसेको पार्टीको बैकठपछि गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछाने सो जानकारी दिएका हुन् ।

चितवन २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछानेको उम्मेदवारी र उनी निर्वाचित भएको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन हुने भएको हो ।

उपनिर्वाचन नजितेसम्म आफू कुनै पनि पदमा नजाने बताएका छन् । उनले भने, ‘म र प्रधानमन्त्रीबीच भएको कुराकानी कसले भनेको छ ? म उपनिर्वाचन नजितेसम्म कहीँ जान्न, भौतिक पूर्वाधार मन्त्रालय मैले मागेको छैन ।’