९ मंसिर २०८१, आईतवार
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ बढ्दै गएको देखिन्छ ।
बिहीबार ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित अर्को मुद्दा दायर गरिए पछि उनको कठिनाई थप बढने देखिएको हो ।
ट्रम्पले गोप्य कागजातहरूको अनुसन्धानमा बाधा पुर्याएको र ‘फ्लोरिडा एस्टेट मार’बाट सिसिटिभी फुटेज मेटाएको नयाँ आरोपहरू सामना गरिरहेका छन्। ट्रम्प विरुद्धको गोप्य कागजातसँग सम्बन्धित यस मामिलामा सुनुवाइ अर्को वर्ष मेमा सुरु हुनेछ ।
सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प प्रमुख दावेदार हुन् । यस्तो अवस्थामा नयाँ आरोपका कारण उनको कठिनाइ अझ बढ्न सक्छ । यद्यपि, ट्रम्पले आफूमाथि लगाइएको आरोपलाई सिधै अस्वीकार गर्दै यो बाइडेनलाई अपराधी परिवार भएको र उनको न्याय विभागको उत्पीडनबाहेक केही नभएको बताए।