८ मंसिर २०८१, शनिबार
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा प्यालेस्टाइनको गाजामा मानवीय सहयता पुर्याउने रुसको प्रस्ताव अस्वीकृत भएको छ।
रुसको प्रस्तावमा चीन, चीन, गोबान, मोजाम्बिक रुस र युनाइटेड अरब इमिरेट्सले मतदान गरेका थिए। तर फ्रान्स, जापान, बेलायत र अमेरिकाले विपक्षमा मतदान गरे। अल्बानिया, ब्राजिल, इक्वेडर, घाना, माल्टा र स्वीट्जरल्याण्ड मतदानमा सहभागी भएनन्। रुसले मानवीय युद्धवराम लागू गरी बन्धको रिहाइ, सहायता प्रदान, पीडितलाई सुरक्षित स्थानान्तरणलगायतको प्रस्ताव गरेको थियो।
संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी सहायता एजेन्सी यूएनआरडब्ल्यूएका अनुसार गाजामा १० लाख मानिस विस्थापित भइसकेका छन्। मृत्यु हुनेको अन्त्येष्टिका लागि पर्याप्त सामग्रीसमेत पाउन सकिएको छैन। इजरायलले लगातार आक्रमण जारी राखेको छ। आक्रमणमा गाजामा मृत्यु हुनेको संख्या दुई हजार ८७ पुगेको छ।
इजरायलमा १४ सय मारिएका छन्। योसँगै दुवैतर्फ गरी मृत्यु हुनेको संख्या ४२ सय र घाइते हुनेको संख्या साढे १० हजार पुगेको छ। इजरायल र हमासको लडाइबीच अमेरिकी राष्ट्रपति बाइडेन इजरायल जानुहुने भएको छ।