८ मंसिर २०८१, शनिबार
भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ५० बढी घाइते भएका छन्। आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति रेल दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको रेलवेका मुख्य जनसम्पर्क अधिकारी विश्वजीत साहूले बताएको बीबीसीले जनाएको छ।
अहिले रेल मर्मतको काम भइरहेको जनाइएको छ।