बेलायती अपराध प्रमुख टर्कीबाट पक्राउ

होमल्याण्ड खबर

२०८० मंसिर २१ गते, बिहीबार १२:२७ मा प्रकाशित

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा अपरेशनका क्रममा लागुऔषध ओसारपसार, हतियारको तस्करी र डकैतीमा संलग्न बेलायती सशस्त्र गिरोहका नेता पक्राउ परेको टर्की प्रहरीले जनाएको छ ।

इन्टरपोल रेड नोटिसद्वारा वान्टेड शॉन मोनाघनलाई केज–१६ भनिने अपरेसनमा पक्राउ गरिएको टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले बताउनु भयो । मन्त्रीकाअनुसार मोनाघन अक्टोबरमा टर्की आएका थिए ।