अमेरिकाले पाकिस्तानलाई दिंदै आएको सुरक्षा सहयोग रोक्ने घोषणा

होमल्याण्ड खबर

२०७५ मंसिर ६ गते, बिहीबार १४:२६ मा प्रकाशित

अमेरिकाले पाकिस्तानलाई दिंदै आएको सुरक्षा सहयोग रोक्ने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपनि ट्रम्पले पाकिस्तानले अमेरिकी सहयोगको बदलामा केही पनि नदिएकाले अर्बौं डलरको सहयोग रोक्ने जनाएको भोलिपल्ट रक्षा मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

यो सँगै अमेरिकाले पाकिस्तानलाई दिंदै आएको १.६६ अर्ब अमेरिकी डलरको सुरक्षा सहायतामा रोकिने भएको छ ।

ओबामा प्रशासनमा रक्षा मन्त्रालयका तर्फबाट अफगानिस्तान, पाकिस्तान र मध्य एसिया हेर्ने उपमन्त्री डेभिडसिड्नीले पाकिस्तानका नेताले सधैं प्रतिबद्धता जनाउने गरेको तर कार्यान्वयन नगरेको उल्लेख गर्दै ट्रम्प प्रशासन मात्र नभई अधिकांश अमेरिकी पाकिस्तानसँग निराश भएको बताएका छन्।

गत सेप्टेम्बरमा पनि ट्रम्प प्रशासनले पाकिस्तानलाई ३० करोड डलरको सैन्य सहयोगमा रोक लगाएको थियो।