एमजीले अन्तर्राष्ट्रिय बजारमा इजेएसको सुरुवात

होमल्याण्ड खबर

२०७५ मंसिर ९ गते, आईतवार १२:०३ मा प्रकाशित

एमजी मोटरले अन्तर्राष्ट्रिय बजारमा आफ्नो नयाँ मोडेल इजेएस (इलेक्ट्रिक जेडएस)को लन्च गर्ने पहिलो ब्रिटिस ब्रान्ड बनेको छ । यो इलेक्ट्रिक गाडी ४२८ किमीको यात्रा गर्नका लागि जानिन्छ र तेज चार्जिङको सुविधा पनि छ । एमजी एक प्रसिद्ध ब्रिटिस ब्रान्ड हो, जिसले हालै नक्साल, काठमाडौंमा आफ्नो अधिकृत शोरुम खोलेको छ । नेपाली बाजारमा यसको सुविधा र आरामको सन्दर्भमा निकै लहर चलेको छ ।
नेपालमा एमजीको आधिकारिक वितरक, पारामाउन्ट मोटर्सले, आर्को वर्ष इलेक्ट्रिक मोडेल पेस गर्ने योजना बनाएको छ ।

इलेक्ट्रिक जेडएस(नयाँ इलेक्ट्रिक मोडेल जसमा अगाडिका पांग्राहरू चलाउनका लागि एक एकल इलेक्ट्रिक मोटर रहेको छ र १४८ बीएचपी र ३५० एनएम उत्पादन गर्छ ३.१ सेकेन्डमा ०–३१ एमपीएचमा ४.३ मिटर लामो क्रासओवर लिनका लागि पर्याप्त छ । योसँगै यसमा चाँडै चार्ज गर्ने क्षमता छ । एमजीले दाबी गरेको छ कि ८० प्रतिशतसम्मको चार्ज ३० मिनेटमा प्रतिस्थापित गर्न सकिन्छ । इजेडएसको भित्र जेडएसको स्तरको जस्तो धेरै न होला तर यसमा प्यानोरामिक सनरुफ र नेभिगेसनको साथ एक ठूलो टच स्क्रिन इन्फोटेन्मेन्ट प्रणाली रहेको पनि जनाएको छ । पछिल्लो केही वर्षहरूमा, एमजीले एक बलियो आधार बनाएको छ र विस्तारै बढेको एमजी ब्रान्ड, नयाँ र उभ्रिरहेको बजारहरूमा प्रवेश गरेको छ ।

कम्पनीले विश्वभरि एमजी ब्रान्ड पु¥याउने उद्देश्य व्यक्त गरेको छ र पहिले नै ५ उत्पादन केन्द्र विभिन्न महादिपहरूमा छ । थाइल्यान्डमा यसको निर्माण संयन्त्रले उच्चतम गुण भएको ओटोमोबाइल्स निर्माण गर्नको लागि सबैभन्दा उच्च श्रेणीको टेक्नोलोजीको प्रयोग गरेको छ । भारतमा यसको उत्पादन सुविधा सन् २०१९ को पहिलो क्वार्टरमा सुरु हुनेछ, ताकि दक्षिणपूर्व एसियामा यसको व्यापक फैलिएको सन्जाल विस्तारलाई नयाँ उचाइमा विस्तार गर्न सकिनेछ ।