कांग्रेसमा जनसम्पर्क अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाइने

होमल्याण्ड खबर

२०८१ मंसिर २४ गते, सोमबार ११:३३ मा प्रकाशित

सत्तारूढ दल नेपाली कांग्रेसले विदेश स्थित जनपसम्पर्क समिति अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यस्था खारेज गर्ने निर्णय गरेको छ ।

पार्टीको अहिले जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकले उक्त निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।