२७ फाल्गुन २०८२, बुधबार
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि ५० दिनभन्दा बढी समय प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले आज पर्सातर्फ लगेको छ ।
कास्की प्रहरीको हिरासतबाट उनलाई प्रहरीले काठमाडौँ विमानस्थल ट्रान्जिट बनाएर सोमबार पर्सातर्फ लगेको हो ।


उनलाई सोमबार दिउँसो बुद्ध एयरको जहाजबाट काठमाडौँदेखि सिमरा पुर्याइएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । त्यहाँबाट उनलाई गाडीमा राखेर पर्सा लगिनेछ । यसअघि आजै बिहान उनलाई पोखराबाट जहाजमा काठमाडौँ ल्याइएको थियो ।
रविमाथि सहकारी ठगी प्रकरणमा पर्सामा पनि उजुरी परेपछि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो ।