३० फाल्गुन २०८२, शनिबार
कैलालीमा सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–८, गोदावरी नगरपालिका–४ र धनगढी उपमहानगरपालिका–१८ मा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हुलाकी सडकखण्ड अन्तरगत टीकापुर नगरपालिका–८ फाँटामा सुपप्र ०१–००८ प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार २२ वर्षीय बिनोद चौधरीको मृत्यु भएको छ ।

