एमालेले बोलायो सचिवालय बैठक

होमल्याण्ड खबर

२०८१ पुष ७ गते, आईतवार १०:३४ मा प्रकाशित

नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

पुस १० गते बुधबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, सङ्गठन विस्तार योजना लगायत विषयमा छलफल गरिने छ ।

बैठकमा सरकारका कामकारबाही र समसामयिक राजनीतिबारे पनि छलफल गर्ने तयारी छ ।