२७ फाल्गुन २०८२, बुधबार
श्रीमती मुछिएको सहकारी प्रकरणका कारण विवादित बनेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफू जुनसुकै परीक्षामा बस्न तयार रहेको बताएका छन्। सोमबार बसेको समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आफू कानुनमा विश्वास गर्ने र पार्टीको निर्णयलाई स्वागत गर्ने पनि बताए।
बैठकमा सांसद् अमनलाल मोदीको पोखरेललाई सम्मानजनक बहिर्गमनका लागि आग्रह गरेका थिए। उनले पोखरेलकी पत्नी अञ्जला कोइराला उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको भन्दै यसको जवाफ दिनुपर्ने र राजीनामा दिनुपर्ने माग राखेका थिए।


जवाफमा सभापति पोखरेलले आफू कानुनी प्रक्रियामा रहेको उल्लेख गर्दै जुनसुकै परीक्षामा बस्न तयार रहेको जिकिर गरेका थिए। त्यस्तै, अर्का सांसद् योगेश भट्टराईले सभापति भट्टराईले यसबारे जवाफ दिने बताएका थिए।