रौतहटमा आगलागी हुँदा २० भन्दा बढी घर जले

होमल्याण्ड खबर

२०८१ पुष १५ गते, सोमबार १२:२५ मा प्रकाशित

रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका-५ स्थित पासवान टोलमा आइतबार मध्यरात भीषण आगलागी भएको छ। आगलागीबाट २० भन्दा बढी घर जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको हो।

आगलागीको खबर पाएलगत्तै प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलबिछवा र गौर नगरपालिकाको वारुणयन्त्र घटनास्थल पुगेको थियो । आगो मध्यराति लागेका कारण बढी क्षति भएको प्रहरीको भनाइ छ ।

आगलागीका कारण मानवीय क्षति नभए पनि लता कपडा, अन्नलगायत जलेको प्रहरीले जनाएको छ । घरमा राति सुतेका बेलामा आगलागी भएकाले सरसामान निकाल्न नपाएको प्रहरीले बताएको छ ।