हमास-इजरायल युद्धविराम आइतबार देखी लागू हुनेछ : कतारका प्रधानमन्त्री

होमल्याण्ड खबर

२०८१ माघ ३ गते, बिहीबार १४:२५ मा प्रकाशित

इजरायल र हमास बिचको युद्धविराम आइतबार देखी लागू हुने भएको छ ।

कतारका प्रधानमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजीज अल थानीका अनुसार आइतवार देखी युद्दबिराम लागु हुने बितिक्कै गाजामा खाधान्न र स्वास्थ्य सामाग्रीलगायतका समान बोकेका ट्रकहरू प्रवेश गर्न थाल्नेछन ।

उनका अनुसार सो क्रममा हमासले हमासले ३३ बन्धकहरूलाई रिहा गर्नेछ भने र इजरायलले सयौं प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने जनाइएको छ ।

सो सहमति पछि इजरायली मन्त्रीपरिषदले अनुमोदन गर्ने गरी तयारी सुरू भएको इजरायली मिडियाले जनाएका छन । कतार र अमेरिकाको पहलमा यो युद्धविराम हुन लागेको हो ।

यो युद्दबिरामममा अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सहकार्य भएको जनाइएको छ, यो युद्धविरामलाइ विश्वभरबाट स्वागत गरिएको छ ।

संयुक्त राष्ट्र संघले सेवा र उद्धारका लागि ट्रकहरू तयार पारिएको जनाएको छ । युद्धविराम लागु हुने बितिक्कै थप सहायता ट्रकहरू गाजापट्टीमा प्रवेश गर्न सुरू गर्ने उसले जनाएको छ ।