८ मंसिर २०८१, शनिबार
आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि भ्रष्टाचारविरुद्ध विभिन्न जनचेतनामूलक अभियान तथा खबरदारीका कार्यक्रम गरी मनाइँदैछ ।
संयुक्त राष्ट्र संघले सन् २००३ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।
नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो ।
दिवसको अवसरमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् । कार्यक्रममा संवैधानिक आयोगका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु पनि सहभागी छन् ।
यस्तै, दिवसको अवसरमा आइतबार दिउँसो १ बजे माइतीघर मण्डलामा जनचेतनामूलक कार्यक्रम हुँदैछ ।