ट्रम्पको आदेशले सरकारका थप ४ कार्यक्रम रोकियो

होमल्याण्ड खबर

२०८१ फाल्गुन १३ गते, मंगलवार १०:४४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आदेशले नेपाल सरकारले डिजाइन गरेका चार कार्यक्रम प्रभावित भएका छन्।

नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रम ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ।

डिजाइनको चरणमा रहेका जैविक विविधता, स्थानीय शासन सुदृढीकरण, जलवायु परिवर्तन उत्थानशील कार्यक्रम पनि रोकिएको जनाइएको छ।

ट्रम्पले फ्रड भनेका कार्यक्रमका लागि सहयोग नआएको मन्त्रालयले जनाएको छ। डिजाइनको क्रममा रहेका यी कार्यक्रमहरूका लागि पनि सम्झौता नभएको र कुनै सहयोग प्राप्त नभएको मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको मन्त्रालयले उल्लेख गरेको छ।

अमेरिकी सहयोग नियोग युएसएडबाट नेपालमा सन् १९५१ देखि निरन्तर रुपमा अनुदान सहायता मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका थिए।