भारत अमेरिकी सामानमा भन्सार कर नलाउन इच्छुक छ : डोनाल्ड ट्रम्प

होमल्याण्ड खबर

२०८२ जेष्ठ २ गते, बिहीबार १६:४५ मा प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत अमेरिकाबाट आयात गरिएका सामानमा भन्सार कर नलगाउन इच्छुक भएको बताएका छन् ।

कतारको औपचारिक भ्रमणमा आएका ट्रम्पले कतारसँग बोइङ खरिद लगायका विभिन्न व्यापार सम्झौता गरेका थिए । त्यही समयमा दोहाका व्यापारिक समुदायहरुसँग बोल्दै ट्रम्पले यस्तो बताएका हुन् ।

भारत र अमेरिकाको व्यापार साझेदारी भइरहेको समयमा ट्रम्पको यो भनाईलाई भारतले समर्थन र खण्डन दुवै गरेको छैन । बेलायती विश्व च्यानल बीबीसीका अनुसार ट्रम्पले एपल कम्पनीका सीइओलाई भारतमा व्यापार विस्तार नगर्न सुझाएका छन् ।