१६ जेष्ठ २०८२, बिहीबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभर रहेका दूतावासहरुलाई स्टुडेन्ट भिसा सम्बन्धी आवेदन र अन्तर्वार्ता रोक्न निर्देशन जारी गरेको छ ।
विदेश मन्त्री मार्को रुबिओले अर्को आदेश जारी नभएसमम स्टुडेन्ट भिसा जारी नगर्न मेमो पठाएका छन् ।
अमेरिकी समाचार एजेन्सी सीबीएस न्युजका अनुसार अमेरिकाले अब विद्यार्थी भिसा आवदेकहरुको सोसल मिडिया गहन अध्ययन गर्ने प्रक्रिया थाल्दैछ ।
हार्वर्ड विश्वविद्यालयमा सरकारी अनुदान रोक्का र विदेशी विद्यार्थी हटाउने निण्र्यायलगत्तै अमेरिकाले संसारभरकै विद्यार्थी भिसा नीतिमा समिक्षा गर्न लागेको हो ।