इजरायली आक्रमणमा गाजामा २३ जनाको मृत्यु

होमल्याण्ड खबर

२०८२ असार ६ गते, शुक्रबार ११:३८ मा प्रकाशित

गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार गएराति राहत सामग्री वितरण केन्द्र नजिक इजरायली सेनाले गरेको गोलीबारीमा कम्तीमा २३ जनाको मृत्यु भएको छ।

गाजाका अधिकारीहरूले राहत सामग्रीको पर्खाइमा रहेका प्यालेस्टिनी हरेक दिन इजरायली आक्रमणमा मारिने गरेको बताएका छन्।

इजरायली सेनाले घटनाबारे अहिलेसम्म कुनै आधिकारिक बयान दिएको छैन। यसअघि इजरायली सेनाले चेतावनी स्वरूप मात्र गोली चलाउने बताएको थियो।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गत महिनाको अन्त्यदेखि राहत सामग्री सङ्कलन गर्ने क्रममा ४०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ।