भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो– २०२५’ सुरू

होमल्याण्ड खबर

२०८२ श्रावण २२ गते, बुधबार १२:२८ मा प्रकाशित

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो– २०२५’ सुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार सुरु भएको एक्स्पोको उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले एक्स्पोको उद्घाटन गरे ।

उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले नाइमाले छोटो समयमा नै अटोमोटिभ क्षेत्रमा आफूलाई स्थापित गराउन सफल भएको बताए । साथै यो एक्स्पोबाट कम्पनीको उचाई झनै चुलिने भन्दै उनले नाइमालाई शुभकामना दिएका छन् ।

नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले नाइमा नेपाल मोबिलिटी एक्स्पोको बारेमा बोल्दै देशभरका युवावर्ग, उद्यमी र विद्यार्थीहरुलाई सवारी साधनको महत्व हुने र एक्स्पोको माध्यमबाट फाइदा लिन सक्ने बताईन् । उनले अटोकमोटिभ क्षेत्रको समग्र विकासमा देशको राजनितिले सिधा असर गर्ने भन्दै राजनितिमा स्थिरता हुन आवश्यक रहेको बताएकी थिईन् । उनले अटोमोटिभ क्षेत्रको विकासका लागि सरकारका तर्फबाट साथ दिनका लागि प्रमुख अतिथि रहेका अर्थमन्त्री पौडेललाई यसका लागि वातावरण बनाउन आग्रह गरेकी थिइन् ।

अर्थमन्बी पौडेले अध्यक्ष वैद्यको धारणापछि भने,‘ हामीले सरकारको तर्फबाट सकेको जति गरेका छौँ । अझै भन्ने हो भने यो सरकारले धेरै गरेको छ । अध्यक्ष ज्यूले सरकारलाई धन्यवाद दिनुहोला भनेको त अस्थिरता भयो भन्नुभयो, हामीले हाम्रोतर्फबाट राम्रो गरिरहेका छौँ र सदैव गर्नेछौँ ।‘

मन्त्री पौडेलले अटोमोटिभ क्षेत्रसँग सम्बन्ध राख्ने सडक पूर्वाधार भएकोले सरकार यसको विस्तारमा लागिरहेको बताए ।

एक्स्पोमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र पाँच वटा कमर्सियल गाडीहरू सार्वजनिक भएका छन् ।