८ मंसिर २०८१, शनिबार
एजेन्सी
बेलायत सरकारले एसियाली पूर्वाधार बैंक (एआईआईबी) मा ५ करोड डलर योगदान गर्ने विषयमा हस्ताक्षर गरेको छ । बैंकको आयोजना तयारी विशेष कोषमा बेलायतले यो योगदान गर्न लागेको हो । यो सम्झौतामा एआईआईबीका अध्यक्ष जिन लिकुन र बेलायती चान्सलर फिलिप हामोन्डले हस्ताक्षर गरेका हुन् ।
२०१६ को जुनमा स्थापित भएको एआईआईबीको कोषले विशेष गरी विकासशील र न्यून आय भएका मुलुकलाई उच्च गुणस्तरको परियोजनाको तयारीका लागि अनुदान सहयोग गर्नेछ ।
“यो अतिरिक्त स्रोतले हाम्रा न्यून आम्दानी भएका सदस्य मुलुकलाई एआईआईबीको मापदण्ड पूरा गर्नका लागि परियोजनाको तयारीका लागि सहयोग गर्नेछ । वित्तीय, वातावरणीय दिगो र स्थानीय समुदायले स्वागत गरेको परियोजनामा यसको विशेष योगदान रहनेछ,” जिनले भने ।
चीन र दक्षिण कोरियाले पनि क्रमशः ५ करोड र ८० लाख डलरको प्रतिबद्धता व्यक्त गरेका छन् ।
झन्डै २ वर्षअघि सञ्चालन सुरु भएको बेइजिङस्थित एआईआईबी एसियाको पूर्वाधार सुधारमा सहयोग गर्नका लागि स्थापना भएको बहुपक्षीय कर्जाप्रदायक हो ।