गोंगबुको एक घरमा प्रहरीको छापा, साढे तीन करोड नगद र गहना बरामद

होमल्याण्ड खबर

२०८२ भाद्र १७ गते, मंगलवार १६:३० मा प्रकाशित

प्रहरीले गोंगबुस्थित एक घरबाट छापा हानेर साढे तीन करोड रुपैयाँ बरामद गरेको छ ।

गोरखाका विनोद श्रेष्ठको घरमा प्रहरीले छापा मारेको हो। प्रहरीका अनुसार त्यहाँ ठूलो परिमाणमा स्रोत नखुलेका गरगहना पनि रहेको सूचनाका आधारमा अनुसन्धान भइरहेको छ ।

प्रहरीले ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा आज छापा हानेको थियो ।