४ चैत्र २०८२, बुधबार
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला र इरानपछि क्युबामा हमला गर्ने संकेत गरेका छन्।
उनले भने, ‘म क्युबालाई कुनै न कुनै रूपमा लिनेछु… चाहे म यसलाई स्वतन्त्र पार्छु वा मेरो नियन्त्रणमा लिन्छु। म यसको साथ जे पनि गर्न सक्छु।’


न्युयोर्क टाइम्सका अनुसार ट्रम्पको भनाइलाई निकै आश्चर्यजनक मानिएको छ।
अमेरिकी इतिहासमा क्युबासँग अमेरिकाका धेरै जना राष्ट्रपतिको सम्बन्ध तनावपूर्ण नै भए पनि कसैले पनि यसरी खुलेआम रूपमा क्युबा कब्जा गर्ने कुरा गरेका थिएनन्।
यसै वर्ष ट्रम्पले भेनेजुएला र इरानमा सैन्य हमला गरिसकेका छन्।
त्यसैले उनको भनाइलाई मजाक वा क्षणिक टिप्पणीका रूपमा मात्र लिन नसकिने बरु सम्भावित अर्को कदम हुन सक्ने विश्लेषण गरिएको छ।
अमेरिका र क्युबाबिचको सम्बन्ध ६५ वर्षदेखि तनावपूर्ण छ।