६ चैत्र २०८२, शुक्रबार
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको मृत्युमा भारतले ढिलो गरी समवेदना प्रकट गरेपछि स्ट्रेट अफ हर्मुजमार्फत ग्यास आपूर्ति पुनः सहज भएको छ ।
भारतले सुरुवाती मौनता तोड्दै पाँच दिनपछि कूटनीतिक रूपमा समवेदना जनायो ।


त्यसपछि भारतका विदेशमन्त्री एस जयशंकर र इरानी समकक्षीबीच संवाद भयो ।
कूटनीतिक पहलपछि इरानले भारतका लागि ग्यास बोकेका जहाजलाई हर्मुजबाट आवागमन गर्न अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।