आतंकवादको पहिलो सूचीमा पाकिस्तान, नेपालको स्थान कति ?

होमल्याण्ड खबर

२०८२ चैत्र ८ गते, आईतवार ११:०८ मा प्रकाशित

आतंकवादको विश्वव्यापी सूचकांकमा नेपालले उल्लेख्य सुधार गरेको छ ।

इन्स्टिट्युट फर इकोनोमिक्स एण्ड पिसद्वारा प्रकाशित सन् २०२६ को सूचीअनुसार नेपाल सन् २०२५ को ६८औँ स्थानबाट झरेर ८९औँ स्थानमा पुगेको छ, जसले देशमा आतंकवादी गतिविधि न्यून भएको संकेत गर्छ ।

१६३ देश समेटिएको सूचीमा पाकिस्तान सबैभन्दा बढी प्रभावित देशको रूपमा पहिलो स्थानमा छ भने भारत १३औँ स्थानमा रहेको छ, जहाँ आतंकवादी घटनामा ४३ प्रतिशत कमी आएको छ ।

दक्षिण एसियामा अफगानिस्तान ११औँ, म्यानमार १४औँ बंगालादेश ४२ औँ स्थानमा छन् ।

भुटान र श्रीलंका भने आतंकवाद शून्य भएका देशको सूचीमा परेका छन् ।

समग्रमा, दक्षिण एसिया अझै पनि विश्वकै सबैभन्दा प्रभावित क्षेत्र बनेको छ, तर विश्वभर आतंकवादी हमलाहरू र मृत्यु दर दुवै घट्दो क्रममा रहेको रिपोर्टले देखाएको छ ।