१० बैशाख २०८३, बिहीबार
कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण हुँदा इन्धन ट्यांकीमा आगलागी भएको छ ।
यता, जोर्डन र साउदी अरेबियामा पनि मिसाइल र ड्रोन आक्रमणको घटना सार्वजनिक भएको छ । जोर्डनको राजधानी अम्मान नजिकै कम जनघनत्व भएको क्षेत्रमा मिसाइलका टुक्रा खसेको जनाइएको छ । त्यहाँ पनि कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् । युद्ध सुरु भएदेखि हालसम्म जोर्डनभर सयौँ मिसाइलका अवशेष खसेका बताइएको छ ।


साउदी अरेबियाले सुरक्षा सतर्कता बढाएको छ । साउदी रक्षा मन्त्रालयका अनुसार पूर्वी क्षेत्रमा लक्षित एक बैलिस्टिक मिसाइल र कम्तीमा छ वटा ड्रोनलाई वायु प्रतिरक्षा प्रणालीले खसालेको छ ।