रविलाई फोनमार्फत अमेरिकाले दियो बधाई: नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक

होमल्याण्ड खबर

२०८२ चैत्र ११ गते, बुधबार १२:२२ मा प्रकाशित

प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत हासिल गर्न सफल भएकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अमेरिकाले बधाई दिएको छ।

साथै उसले नेपालमा अब बन्ने नयाँ सरकारसँग सहकार्य गर्न आफू तत्पर रहेको पनि उल्लेख गरेको छ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले बुधबार रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेर बधाई दिएका हुन्।

त्यस क्रममा उनले भने, ‘अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी सुदृढीकरण गर्न र दुई देशबिचको मित्रतालाई अझ प्रगाढ बनाउन उत्सुक छ।’