९ मंसिर २०८१, आईतवार
रोजगारीका लागि नेपाली युवा लैजाने सम्बन्धमा जापान सरकारले नेपाल सरकारलाई आधिकारिक अवधारणा बनाउन अनुरोध गरेको समाचार आजको कारोबारले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, जापान सरकारले नेपाली कामदार लैजाने सम्बन्धमा गरेको निर्णयसँगै सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग अवधारणा माग गरेको हो ।
नेपालबाट के कस्ता कामदार माग गर्ने भन्ने सम्बन्धमा नेपाललाई अवधारणा बनाउन जापानले अनुरोध गरेको श्रम सचिव महेशप्रसाद दाहालले जानकारी दिए ।
‘जापान सरकारले नेपालबाट कामदार लैजाने सम्बन्धमा आएका समचारलाईआत्मसात गरेर नेपालबाट कामदार लिने सम्बन्धमा इच्छुक रहेको जनाउँदै अवधारणा पठाएको छ।
सचिव दाहालले भने । ‘जापान सरकारबाट आएका अवधारणाका बारेमा मन्त्रालयले अध्धयन गर्दै छ ।’
यस सम्बन्धमा छलफल गर्न जापानी प्रतिनिधि माग २ गते नेपाल आउँदैछन् ।
नेपाल सरकारले कम्तिमा ३० हजार नेपाली युवालाई रोजगारी दिन जापानलाई अनुरोध गर्ने तयारी गरेको छ ।